काठमाडौं, ३ जेठ । यो महिनाभित्र ४ वटा कम्पनीको सेयरमा ‘लकइन’ अवधि सकिने भएको छ । लकइन अवधि सकिनुभन्दा १ महिनाअगाडि नै सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्थाअनुसार कम्पनीहरुले मा ‘लकइन’ अवधि सकिने सूचना जारी गरेका हुन् ।
म्युचुअल फण्ड तथा संस्थापकले होल्ड गरेको ४ कम्पनीको कुल २८ लाख ४० हजार २७५ कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो । लकइन अवधि सकिएको भोलिपल्टदेखि ती कम्पनीका थप सेयर बजारमा कारोबार गर्न बाटो खुल्नेछ ।
म्युचुअल फण्डहरुले होल्ड गरेको मुक्तिनाथ कृषि कम्पनीको ७० हजार कित्ता सेयरमा लकइन अवधि जेठ १८ गते सकिने भएको छ । त्यस्तै नेपाल वेयरहाउजिङ कम्पनीको ६८ हजार ७५० कित्ता सेयरमा जेठ १९ गते लकइन अवधि सकिने छ ।
भिजन लुम्बिनी ऊर्जाले म्युचुअल फण्डलाई छुट्याएको ९५ हजार ६२५ कित्ता सेयरको जेठ ४ गते र मकर जितुमाया सुरी हाइड्रोपावरको संस्थापक समूहको सेयरधनी डोल्मा इम्प्याक्ट फण्ड १ को स्वामित्वमा रहेको २६ लाख ५ हजार ९ सय कित्ता सेयरको लक– इन अवधि जेठ १६ गते सकिने छ ।