काठमाडौं, ३० चैत । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १ सय हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।