काठमाडौं, २९ चैत । सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश र जनताको हितलाई केन्द्रमा राख्दै तटस्थ र निष्पक्ष रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघद्वारा आइतबार धादिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कानुन निर्माण र कार्यान्वयन प्रक्रियामा इमान्दारिता र निष्ठालाई प्राथमिकता दिने बताए । संविधान संशोधन र नयाँ कानुन निर्माणका कामलाई सहज बनाउन आफूले सक्रिय भूमिका खेल्ने उनको भनाइ छ ।
सभामुख अर्यालले विकास, समृद्धि र जनताको खुसीमा कुनै ढिलाइ हुन नहुने धारणा राख्दै परिणाममुखी काम गर्ने प्रतिवद्धता जनाए ।