काठमाडौं, २९ चैत । प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ९२ वर्षको उमेरमा उनको आइतबार मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा निधन भएको हो ।
उनीलाई हृदयाघात भएपछि शनिबार उक्त अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा आइतबार उनको मृत्यु भएको जनाइएको छ ।