सट्टा बिदा मिलाएर आइतबार ओपीडी सेवा सञ्चालन गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

अनलाइनसमय |
२७ चैत २०८२
सट्टा बिदा मिलाएर आइतबार ओपीडी सेवा सञ्चालन गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, २७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेसँगै मन्त्रालयले विज्ञप्तिमार्फत् निर्देशन जारी गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै आइतबारको हकमा कामको भार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्न भनेका छन् ।

यससँगै कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिने व्यवस्था गर्न पनि भनिएको छ । यदि नियमित बिदा दिन सम्भव नभए सम्बन्धित कर्मचारीलाई सट्टा बिदा उपलब्ध गराउनुपर्ने व्यवस्था गर्नुपर्ने छ ।

मन्त्रालयका अनुसार यो व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस