८ कम्पनीको मूल्यमा लाग्यो सकारात्मक सर्किट, १० अर्बको कारोबार

अनलाइनसमय |
२६ चैत २०८२
८ कम्पनीको मूल्यमा लाग्यो सकारात्मक सर्किट, १० अर्बको कारोबार

काठमाडौं, २६ चैत । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४८ दशमलव ७१ अंकले बढेर दुई हजार ८५१ दशमलव २४ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २५१ धितोपत्रको शेयर मूल्य बढ्दा १६ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३८ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार सबै समूहको उपसूचक बढेको छ । यसदिन अन्य समूह सर्वाधिक ३ दशमलव ४३ प्रतिशतले बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन २ दशमलव ५८, होटेल तथा पर्यटन २ दशमलव ३९, हाइड्रोपावर २ दशमलव ७, फाइनान्स १ दशमलव ४७, बैंकिङ १ दशमलव २४, माइक्रोफाइनान्स १ दशमलव २, लगानी र निर्जीवन बीमाको समान १, जीवन बीमा शून्य दशमलव ९९, विकास बैंक शून्य दशमलव ७८, व्यापार शून्य दशमलव ६२ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।

आज ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रिलाइन्स स्पीनिङ मिल्स, आत्मानिर्भर लघुवित्त, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, रिज लाइफ इनर्जी, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।

यसदिन एनआईसी एशिया ब्यालेन्स फण्ड ६ दशमलव ७४, स्वीट गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन २ दशमलव ५५ र एनआईबीएल समृद्धि फण्ड (२)को शेयर मूल्य २ दशमलव २६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस