पक्राउ परेको १३ दिनपछि ओली रिहा, प्रहरीले लगायो परिवारको जिम्मा

अनलाइनसमय |
२६ चैत २०८२
पक्राउ परेको १३ दिनपछि ओली रिहा, प्रहरीले लगायो परिवारको जिम्मा

काठमाडौं, २६ चैत । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

त्यसलगत्तै ओलीकी पत्नी राधिका गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
सर्वोच्च अदालतले चैत २३ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन र अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो ।

प्रहरीले पनि नियन्त्रणमुक्त गरेपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस