काठमाडौं, २६ चैत । अनरले आफ्नो नयाँ लाइनअप — अनर म्याजिक ८ प्रो, अनर एक्स८डी र अनर प्याड एक्स८बी —सार्वजनिक गरेको छ, जसले शक्तिशाली प्रदर्शन, अत्याधुनिक एआई र आकर्षक डिजाइनलाई एकै ठाउँमा ल्याउँछ । आफ्नो डिभाइसबाट अझ बढी अपेक्षा गर्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको यो नयाँ सिरिजले दैनिक जीवनमा प्रविधि प्रयोग गर्ने तरिकालाई नयाँ ढंगले परिभाषित गर्ने बताइएको छ ।
नवप्रवर्तनको अग्रभागमा रहेको होनर म्याजिक ८ प्रो उत्कृष्टता चाहने प्रयोगकर्ताहरूका लागि विशेष रूपमा तयार गरिएको हो । २०० एमपी को अल्ट्रा–क्लियर क्यामेरासँग यसले प्रत्येक विवरणलाई अद्भुत स्पष्टतासहित कैद गर्छ । नवीनतम स्न्यापड्रागन ८ एलिट जेन ५ प्रोसेसर र शक्तिशाली ७१०० एमएएच ब्याट्रीले यसलाई अत्यन्तै स्मूद प्रदर्शन र लामो समयसम्म टिक्ने पावर प्रदान गर्छ । एआई स्क्रिन सजेसन्स, एआई फोटो एजेन्ट र एआई सेफ्टी एन्हान्समेन्ट्स जस्ता उन्नत अनर एआई सुविधाहरूले म्याजिक ८ प्रो लाई अझ स्मार्ट र सहज बनाउने बताइएको छ ।
अनर म्याजिक ८ प्रो को प्रि–बुकिङ मूल्य रु. १ लाख ९९ हजार ९९९ तोकिएको छ, र सीमित समयका लागि ग्राहकहरूले ३० हजार मूल्य बराबरको अनर प्याड एक्स८बी निःशुल्क प्राप्त गर्नेछन् । यसमा ११–इन्चको अनर आई कम्फर्ट फुलभ्यू डिस्प्ले रहेको छ, जसले आकर्षक र आँखामैत्री भ्यूइङ अनुभव प्रदान गर्छ। १०१०० एमएएच को ठूलो ब्याट्री र प्रिमियम मेटल बडीले यसलाई टिकाउ, स्टाइलिश र दिनभर प्रयोग गर्न उपयुक्त बनाउँछ ।
यसैगरी, स्टाइलसँगै पावर चाहनेहरूका लागि अनर एक्स८डी उत्कृष्ट विकल्प हो । यसको अल्ट्रा–स्लिम डिजाइन र ७००० एमएएच को ठूलो ब्याट्री, ४५ वाट फास्ट चार्जिङसहित, दैनिक प्रयोगका लागि उपयुक्त छ । यसमा स्मार्ट एआई बटन पनि दिइएको छ, जसले एआई समरी, सर्कल टु सर्च, एआई सुपर जुम, एआई एन्हान्स्ड जुम र एआई इरेजर जस्ता सुविधाहरूमा तुरुन्त पहुँच दिन्छ । १०८ एमपी क्यामेरा, २ मिटर ड्रप रेसिस्टेन्स, र आईपी६५के वाटर रेसिस्टेन्ससहित अनर एक्स८डी मानव जीवनशैलीसँग सजिलै मेल खाने र स्टाइलमा कुनै सम्झौता नगर्ने विज्ञप्तिमा उल्लेख छ ।
यो ८ जीबी + १२८ जीबी (रु. ३९ हजार ९९९) र ८ जीबी + २५६ जीबी (रु. ४३ हजार ९९९) गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ । लन्चको अवसरमा सीमित समयका लागि प्रत्येक खरिदमा रु. ३,९९९ मूल्य बराबरको होनर चोइस इयरबड्स एक्स७ई एक्टिभ निःशुल्क प्रदान गरिने अनरले जनाएको छ ।