उपसभामुखको निर्वाचन चैत २७ गते हुने

अनलाइनसमय |
२५ चैत २०८२
उपसभामुखको निर्वाचन चैत २७ गते हुने

काठमाडौं, २५ चैत । उपसभामुख पदको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिएका हुन् ।

उनले निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन दिए ।

नयाँ सरकार गठन र सभामुखको निर्वाचनपछि रिक्त रहेको उपसभामुख चयन प्रक्रिया अघि बढेको हो ।

सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ । सभामुख रास्वपा उपसभापति अर्याल बनेसँगै अब उपसभामुख रास्वपाबाहेक दलका सांसद निर्वाचित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस