काठमाडौं, २५ चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४५ दशमलव १२ अंकले बढेर दुई हजार ८०२ दशमलव ५२ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ८२ धितोपत्रको शेयर मूल्य बढ्दा १७५ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४६ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार सबै समूहको उपसूचक बढेको छ । यसदिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३ दशमलव ८७ प्रतिशतले बढेको छ ।
यस्तै हाइड्रोपावर २ दशमलव ६१, होटेल तथा पर्यटन २ दशमलव ५६, विकास बैंक १ दशमलव ९८, फाइनान्स १ दशमलव ४५, लगानी १ दशमलव ३५, जीवन बीमा १ दशमलव ३१, माइक्रोफाइनान्स १ दशमलव २८, बैंकिङ १ दशमलव १५, निर्जीवन बीमा १ दशमलव ०१, म्युचुअल फण्ड शून्य दशमलव ९९, व्यापार शून्य दशमलव ६१ र अन्य समूहको उपसूचक शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।
आज ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा श्रीनगर सोलु हाइड्रोपावर, एग्रिटेक इन्डस्ट्रीज, होटल फरेष्ट इन, रिज लाइफ इनर्जी, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।
यसदिन स्वीट गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन ४ शदमलव ३५, माइ खोला हाइड्रोपावर ३ दशमलव २३ र थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य २ दशमलव २८ प्रतिशतले ह्रास आएको छ ।