काठमाडौं, २५ चैत । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।