घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२३ चैत २०८२
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ चैत । दुई दिन स्थिर मूल्यमा कारोबार भइरहेको सुनको मूल्य आज भने घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस