काठमाडौं, २३ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साप्ताहिक कारोबार तालिकामा परिवर्तन गरेको छ । सञ्चालक समितिको बैठकले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यसहित आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि सो दिन नेप्से बन्द रहनेछ । यसको सट्टा शुक्रबार कारोबार खुला गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
यसअघि सातामा पाँच दिन आइतबारदेखि बिहीबारसम्म मात्र कारोबार हुँदै आएकोमा अब नयाँ तालिका अनुसार सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार सञ्चालन हुनेछ ।