काठमाडौं, २२ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा. नारायण दत्त कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा कडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
महान्यायाधिवक्तालाई सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ ।
कँडेल रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायी थिए ।
