ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाए

अनलाइनसमय |
२० चैत २०८२
ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाए

काठमाडौं, २० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । बोन्डीको स्थानमा उनका पूर्व उपमहान्यायाधिवक्ता टोड ब्लान्चलाई नियुक्त गरिने भएको छ ।

ट्रम्पले ट्रुथ सोसल सामाजिक सन्जालमार्फत् यो जानकारी दिएका हुन् । बोन्डी ट्रम्प प्रशासनकी कडा समर्थक थिइन् ।

पदबाट हटाइएको ट्रम्प प्रशासनकी उनी दोस्रो अधिकारी हुन् । यसअघि मार्चमा प्रमुख क्रिस्टी नोमलाई गृह सुरक्षा प्रमुख पदबाट हटाइएको थियो ।

बोन्डीले आफ्नो काम ब्लान्चलाई हस्तान्तरण गर्न “अथक रूपमा काम गर्ने” बताउँदै यो पद सम्हाल्नु “जीवनकै ठूलो सम्मान” भएको प्रतिक्रिया दिएकी छन् साथै, उनले निजी क्षेत्रमा आफ्नो नयाँ भूमिकामा पनि ट्रम्प र उनको प्रशासनका लागि लडिरहने बताइन् ।

यो घोषणा कंग्रेसमा भएको एक कडा सुनुवाइको दुई महिनाभन्दा कम समयमा आएको हो, जहाँ बोन्डीलाई सांसदहरूले तीखा प्रश्न गरेका थिए । बहसका क्रममा उनले एक डेमोक्र्याटलाई “अप्रासंगिक व्यक्ति”समेत भनेकी थिइन् ।

बिहीबार बिहानसम्म पनि ट्रम्पले बोन्डीको समर्थन गर्दै उनलाई “राम्री व्यक्ति र राम्रो काम गरिरहेकी” भनेका थिए । तर केही घण्टापछि उनले उनको पदत्यागको पुष्टि गरे र उनको नयाँ निजी क्षेत्रको भूमिकाबारे छिट्टै जानकारी दिने बताए ।

ट्रम्पले आफ्नो पोस्टमा बोन्डीले देशभर अपराध नियन्त्रणमा “ठूलो उपलब्धि” हासिल गरेको भन्दै प्रशंसा गर े। तर रिपोर्टअनुसार ट्रम्प उनको कामप्रति, विशेषगरी एपस्टिन फाइलहरूको व्यवस्थापनप्रति, असन्तुष्ट हुँदै गएका थिए ।

सन् २०२५ फेब्रुअरीमा पदभार ग्रहण गर्दा बोन्डीले एपस्टिन प्रकरणमा पारदर्शिता अपनाउने र सम्भावित ग्राहकहरूको सूची सार्वजनिक गर्ने वाचा गरेकी थिइन् । तर पछि न्याय विभागले त्यस्तो कुनै सूची नभएको जनाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस