सरकारी सूचना अब सरकारी मिडियाबाट मात्रै प्रशारण

अनलाइनसमय |
१९ चैत २०८२
सरकारी सूचना अब सरकारी मिडियाबाट मात्रै प्रशारण

काठमाडौं, १९ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीनै तहका सरकारद्वारा निजी सञ्चार माध्यममा गरिने सूचना प्रकाशन–प्रशारणमा प्रतिबन्ध लगाएको छ ।

यस सम्बन्धमा मन्त्रालय, आयोग, सातै प्रदेशका मुख्यमन्त्री कार्यालय तथा देशभरका स्थानीय तहहरूलाई बुधबार पत्राचार गरेर निर्णयको जानकारी दिइएको छ ।

पत्रमा उल्लेख भएअनुसार मितव्ययिता सुनिश्चित गर्न, विज्ञापन तथा सूचना प्रकाशन/प्रशारणमा पारदर्शिता ल्याउन र सरकारी सञ्चारमाध्यमको प्रवद्र्धन गर्न यो कदम चालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस