संसद्मा सम्बोधन गर्न ७ मिनेटको समय पाएपछि हर्कले भने- १ घण्टा ७ मिनेट बोल्न मन छ

अनलाइनसमय |
१९ चैत २०८२
संसद्मा सम्बोधन गर्न ७ मिनेटको समय पाएपछि हर्कले भने- १ घण्टा ७ मिनेट बोल्न मन छ

काठमाडां, १९ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन् । बिहीबार साम्पाङले सामाजिक सञ्जालमार्फत संसद्मा बोल्न ७ मिनेटको समय पाएको उल्लेख गर्दै १ घण्टा ७ मिनेट बोल्न मन रहेका बताएका हुन् ।

‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो । ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर ।’

आजबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । शुभकामना मन्तव्यका लागि दलहरूको सांसद् संख्याको आधारमा समय विभाजन गरिएको छ । त्यसअनुसार श्रम संस्कृति पार्टीले ७ मिनेट समय पाएको छ । श्रम संस्कृति पार्टीबाट अध्यक्ष साम्पाङले नै सम्बोधन गर्दैछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस