क्रिमियामा रूसी सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु

अनलाइनसमय |
१८ चैत २०८२
क्रिमियामा रूसी सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु

काठमाडौं, १८ चैत । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटना हुँदा चालक दल र यात्रुसहित २९ जनाको मृत्यु भएको छ । प्रारम्भिक रिपोर्ट अनुसार विमानमा प्राविधिक खराबी आएको कारणले यो दुर्घटना भएको अनुमान गरिएको हो ।

रूसी रक्षा मन्त्रालयका अनुसार एएन–२६ सैन्य यातायात विमानमा छ जना चालक दल र २३ जना यात्रु सवार थिए । विमान मङ्गलबार साँझ करिब ६ बजे नियमित उडानमा रहँदा सेनासँग सम्पर्क टुटेको थियो ।

एएफपीका अनुसार विमान क्रिमियन प्रायद्वीपमाथि निर्धारित मार्गमा उडिरहेको थियो । दुर्घटनास्थलमा उद्धार टोली पठाइएको भए पनि विमान चट्टानी क्षेत्रमा खसेको कारण सबैको मृत्यु घटनास्थलमै पुष्टि भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस