काठमाडौं, १८ चैत । एमाले संसदीय दलको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनको विषयमा छलफल हुने छ ।
अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक आन्दोलनमा उत्रिएको एमालेले सदनमा पनि विरोध गर्ने तयारी गरेको छ ।