काठमाडौं, १६ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४७ दशमलव ७१ अंकले घटेर दुई हजार ८३१ दशमलव ३९ बिन्दुमा कायम भएको हो ।
आज ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज २६ धितोपत्रको शेयर मूल्य बढ्दा २३७ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४१ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार समूह सर्वाधिक २ दशमलव ५६ प्रतिशतले ह्रास आएको छ ।
यस्तै अन्य २ दशमलव १३, फाइनान्स २, हाइड्रोपावर १ दशमलव ९३, बैंकिङ १ दशमलव ८६, निर्जीवन बीमा १ दशमलव ८२, लगानी १ दशमलव ५९, विकास बैंक १ दशमलव २४, होटेल तथा पर्यटन १ दशमलव १८, जीवन बीमा १ दशमलव ४, माइक्रोफाइनान्स १ दशमलव ३, म्युचुअल फण्ड शून्य दशमलव ९८ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव २१ प्रतिशतले घटेको छ ।
आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, रिलाइन्स स्पीनिङ मिल्स, होटल फरेष्ट इन र भुजुङ्ग हाइड्रोपावर रहेका छन् । को शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
यसदिन सोलु हाइड्रोपावर ७ दशमलव ७९, यूनिक नेपाल लघुवित्त ७ दशमलव २३, सीवाईसी नेपाल लघुवित्त ६ दशमलव ८६, एनआईबीएल ग्रोथ फण्ड ५ दशमलव ५२ र मन्टिप्रोसेस फाइनान्सको शेयर मूल्य ४ दशमलव ९३ प्रतिशतले ह्रास आएको छ ।