ओली पत्नी राधिकाले सर्वोच्चमा पेस गरिन् बन्दी प्रत्यक्षीकरणको रिट, सुनुवाइ भोलि

अनलाइनसमय |
१५ चैत २०८२
ओली पत्नी राधिकाले सर्वोच्चमा पेस गरिन् बन्दी प्रत्यक्षीकरणको रिट, सुनुवाइ भोलि

काठमाडौं, १५ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी छन् ।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।्

आज दर्ता भएको रिटमाथि बहस भने भोलि (सोमबार) हुनेछ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक शनिबार बिहान पक्राउ परेका थिए ।

उनीमाथि भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान गर्न पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस