२९ सय विन्दुमुनि झर्‍यो नेप्से सूचक, १५ अर्बको कारोबार

अनलाइनसमय |
१५ चैत २०८२
२९ सय विन्दुमुनि झर्‍यो नेप्से सूचक, १५ अर्बको कारोबार

काठमाडौं, १५ चैत । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७१ दशमलव ०५ अंकले घटेर दुई हजार ८७९ दशमलव ११ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा १३ अर्ब १६ करोड २२ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १० धितोपत्रको शेयर मूल्य बढ्दा २५५ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३३ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार सबै समूहको उपसूचक घटेको छ । यसदिन फाइनान्स सर्वाधिक ३ दशमलव ३७ प्रतिशतले घटेको छ ।

यस्तै लगानी २ दशमलव ९८, विकास बैंक २ दशमलव ८६, बैंकिङ २ दशमलव ७८, अन्य २ दशमलव ५२, व्यापार २ दशमलव ४८, होटेल तथा पर्यटन र निर्जीवन बीमा समान २ दशमलव २३, हाइड्रोपावर २ दशमलव २१, माइक्रोफाइनान्स २ दशमलव ११, जीवन बीमा २ दशमलव २, उत्पादन तथा प्रशोधन १ दशमलव ०७ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव २८ प्रतिशतले बढेको छ ।

आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रिलाइन्स स्पीनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर रसूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन् । यस्तै भुजुङ्ग हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यसदिन यूनिक नेपाल लघुवित्त ६ दशमलव १७, हिमाल दोलखा हाइड्रोपावर ५ दशमलव ४५, अभियान लघुवित्त र माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ५ दशमलव ३७ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस