अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ‘नो किंग्स’ प्रदर्शन, ८० लाख मानिस सडकमा

अनलाइनसमय |
१५ चैत २०८२
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ‘नो किंग्स’ प्रदर्शन, ८० लाख मानिस सडकमा

काठमाडौं, १५ चैत । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध व्यापक विरोध प्रदर्शन भएको छ ।

‘नो किङ्ग्स र्‍याली’ नाम दिइएको यस आन्दोलनमा करिब ८० लाख मानिस सहभागी भएको बताइएको छ । देशभरका सबै ५० राज्यका ३ हजार ३०० भन्दा बढी स्थानमा एकसाथ प्रदर्शन गरिएको जनाइएको छ ।

आयोजकहरूका अनुसार यी प्रदर्शनहरू ट्रम्प सरकारले लागू गरेका नीतिहरू, जस्तै इरानसँगको सँगको युद्ध, संघीय आप्रवासन नियन्त्रण र बढ्दो महँगी—विरुद्ध केन्द्रित छन् ।
‘ट्रम्प हामीमाथि एक तानाशाहझैँ शासन गर्न चाहन्छन् । तर यो अमेरिका हो, जहाँ शक्ति जनताकै हुन्छ—कुनै स्वयंघोषित राजा वा उनका धनाढ्य समर्थकहरूको होइन,’ आयोजकहरूले बताएका छन् ।

यसअघि अक्टोबरमा भएको ‘नो किङ्ग्स’ अभियानको तुलनामा यसपटक सहभागिता उल्लेख्य रूपमा बढेको आयोजकले बताएको छ । यसपटक ६ सयभन्दा बढी कार्यक्रम आयोजना गरिएको र सहभागी संख्या पनि करिब ८० लाखले वृद्धि भएको दाबी गरिएको छ ।

व्हाइट हाउसका एक प्रवक्ताले भने यी प्रदर्शनहरूलाई ‘ट्रम्प डिरेन्जमेन्ट थेरापी सेसन्स’ भन्दै आलोचना गरेका छन् । यस्तो गतिविधिमा चासो राख्नेहरू ‘समाचार कभर गर्न भुक्तानी पाउने पत्रकारहरू मात्र’ भएको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस