१४.७२ प्रतिशतले बढ्यो जीवन बीमाको व्यवसाय, आठ महिनामा १.२४ खर्ब शुल्क संकलन

अनलाइनसमय |
१५ चैत २०८२
१४.७२ प्रतिशतले बढ्यो जीवन बीमाको व्यवसाय, आठ महिनामा १.२४ खर्ब शुल्क संकलन

काठमाडौं, १५ चैत । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय सवा १ खर्बभन्दा धरै भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले फागुनसम्ममा १ खर्ब २४ अर्ब ७२ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १४ दशमलव ७२ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ व्यवसाय भएको थियो ।

व्यवसायमा उठेको बीमा शुल्क मध्ये प्रथम बीमा शुल्कबाट २८ अर्ब २४ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै नविकरण बीमाशुल्क मार्फत ९६ अर्ब ५७ लाख रुपैयाँ संकलन भएको छ । फागुनसम्ममा सक्रिय रहेको बीमालेखको सङ्ख्या कुल १ करोड १५ लाख ४२ हजार ८३४ रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

जीवन बीमा व्यवसाय गर्ने १४ बीमकहरु रहेका छन् । यी बीमक मध्ये सबैभन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड रहेको छ । कम्पनीले ३२ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेसनल लाइफ रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा १५ अर्ब २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले १३ अर्ब ४६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसगरी, हिमालयन लाइफले ११ अर्ब ७१ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७४ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ४३ करोड रुपैयाँ र एशियन लाइफले ६ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस