तोलामा ५ हजारले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
१५ चैत २०८२
तोलामा ५ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं, १५ चैत । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितो २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस