काठमाडौं, १५ चैत । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।
यसअघि भदौ २४ गते खड्काको निवासमा भएको आगजनी घटनापछि त्यहाँबाट नेपाली रुपैयाँसँगै विभिन्न विदेशी मुद्रा समेत बरामद गरिएको थियो । साथै, उनीमाथि नेपाल स्काउटसँग सम्बन्धित जग्गा हिनामिनाको आरोप पनि लागेको छ ।
सीआईबीका प्रमुख एआईजी मनोज केसीले खड्का पक्राउ परेको विषयमा पुष्टि गरेका छन् ।