काठमाडौं, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् ।
संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको प्रमुखका हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
मध्यान्ह १२ः३४ बजे बालेनले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने छन् ।
