ओलीले भने : निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय

अनलाइनसमय |
१२ चैत २०८२
ओलीले भने : निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय

काठमाडौं, १२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय भएको टिप्पणी गरेका छन् ।

बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ ओलीले भने, ‘तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ । यसमा एउटा हाम्रा विरोधीले अथवा हाम्रा उद्देश्यका विरोधीले सुखी नेपाल, समृद्धि नरुचाउनेले, शान्तिपूर्ण, न्यायपूर्ण समाज स्थपना नचाहनेले देशमा घृणाको राजनीति गरे । राजनीतिलाई घृणाद्वारा स्थापित गर्ने खेतीमा लागे । यसमा धेरैतिरको सहयोग उनीहरूलाई भयो । हामीले राम्रो काम गरेको हुनाले सम्पूर्ण प्रहार केन्द्रित भयो ।’

एमाले सांसदलाई सत्यका पक्षमा काम गर्न पनि उनले निर्देशन दिए । उनले भने, ‘कौरवको सेना असाधारण थियो, ठूलो थियो । पाण्डवको सेना थोरै थियो । तर, नतिजा सत्यको पक्षमा आयो, सत्यको पक्षमा आउँछ । हामी देशका लागि, जनताका लागि, शान्तिका लागि, सुशासनका लागि र विकासका लागि काम गर्दैर्छौँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस