१४.२१ अङ्कले बढ्यो नेप्से, १३ अर्बको कारोबार

अनलाइनसमय |
१२ चैत २०८२
१४.२१ अङ्कले बढ्यो नेप्से, १३ अर्बको कारोबार

काठमाडौं, १२ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव २१ अंकले बढेर दुई हजार ९५० दशमलव १६ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार १५ अर्ब ९ करोड ४ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १७८ धितोपत्रको शेयर मूल्य बढ्दा ८० को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४३ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार हाइड्रोपावर १ दशमलव ५६, उत्पादन तथा प्रशोधन १ दशमलव ५, होटेल तथा पर्यटन शून्य दशमलव ८१, अन्य शून्य दशमलव ६५, लगानी शून्य दशमलव ५१, निर्जीवन बीमा शून्य दशमलव ४३, बैकिङ शून्य दशमलव ३७, फाइनान्स शून्य दशमलव १७ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले बढेको छ ।

यस्तै व्यापार २ दशमलव ८४, विकास बैंक शून्य दशमलव ०५ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । यसैगरी म्युचुअल फण्ड स्थिर रह्यो ।

आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिलाइन्स स्पीनिङ मिल्स, होटल फरेष्ट इन, भुजुङ्ग हाइड्रोपावर र साल्पा विकास बैंक रहेका छन् । यस्तै होटल फरेष्ट इनको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।

यसैगरी पञ्चकन्या माइ हाइड्रोपावर ७ दशमलव ४८, सिन्धु विकास बैंक ३ दशमलव ५८, कर्पोरेट डेभलपमेन्ट बैंक ३ दशमलव २४, विशाल बजार कम्पनी ३ दशमलव ०४ र एनआईबीएल ग्रोथ फण्डको शेयर मूल्य २ दशमलव ६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस