एक विदेशीसहित आन्दोलनकारीबाटै मारिए २४ जना

अनलाइनसमय |
१२ चैत २०८२
एक विदेशीसहित आन्दोलनकारीबाटै मारिए २४ जना

काठमाडौं, १२ चैत । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जाँचबुझ आयोगले गरेको अध्ययन अनुसार ७६ जनाको मृत्यु भएको थियो । आयोगको प्रतिवेदनले २४ जनाको मृत्यु आन्दोलनकारीकै कारण भएको पुष्टि गरेको छ, जसमा एक विदेशी नागरिक पनि छन् । हायात होटलमा भारतीय नागरिकको मृत्यु भएको थियो ।

प्रतिवेदनअनुसार आन्दोलनकारीको कुटपिटमा तीन प्रहरीको ज्यान गएको थियो भने व्यापारिक तथा निजी भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको थियो । साथै, निजी क्षेत्रमा काम गर्ने कर्मचारी र सर्वसाधारण गरी तीन जनाको पनि आगलागीमा ज्यान गएको बताइएको छ । भाटभटेनीमा जलेको अवस्थामा भेटिएका १२ जनाको पहिचान अझै हुन सकेको छैन ।

प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको थियो भने १० जना कैदीबन्दी भाग्ने क्रममा गोली प्रहारबाट ज्यान गुमाएका थिए । यसमध्ये तीन प्रहरी र ४२ नागरिकलाई सरकारले सहिद घोषणा गरेको छ ।

प्रदर्शनका क्रममा २ हजार ५२२ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस