रास्वपा केन्द्रीय समिति बैठक आज, बालेनलाई संसदीय दलको नेता बनाउने तयारी

अनलाइनसमय |
१२ चैत २०८२
रास्वपा केन्द्रीय समिति बैठक आज, बालेनलाई संसदीय दलको नेता बनाउने तयारी

काठमाडौं, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज केन्द्रीय समिति बैठक बस्ने भएको छ । सो बैठकपछि संसदीय दलको बैठक पनि सञ्चालन हुने कार्यक्रम तय गरिएको छ । पार्टीले संसदीय दलको नेता चयन र अन्य विविध एजेण्डाहरुमा छलफल गर्न दिउँसो ४ बजे केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक बोलाएको जनाइएको छ ।

पार्टी सचिवालयका अनुसार गत पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग भएको ७ बुँदे सहमति अनुसार संसदीय दलको बैठकले बालेनलाई दलको नेता चयन गर्ने तयारी गरेको छ । सो सहमतिको चौथो बुँदामा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस