आठ महिनामा १३.३६ अर्बको कफी, चिया र मसलाजन्य सामग्री निर्यात

अनलाइनसमय |
११ चैत २०८२
आठ महिनामा १३.३६ अर्बको कफी, चिया र मसलाजन्य सामग्री निर्यात

काठमाडौं, ११ चैत । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिनामा १३ अर्बभन्दा बढीको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको साउनदेखि फागुनमसान्तसम्म १३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ बराबरको ३९ हजार ६४७ मेट्रिक टन कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ५९ प्रतिशतले बढी हो । गत आवको मंसिरसम्ममा १० अर्ब ९ करोड १६ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

निर्यात हुने मसलाजन्य वस्तुमा अलैंची, कालो चिया र ताजा अदुवा सबैभन्दा धेरै रहेको छ । फागुनसम्ममा ९ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ बराबरको ४ हजार ६०५ मेट्रिक टन अलैंची निर्यात भएको छ । गत आवको आठ महिनामा ५ अर्ब ८४ करोडको मात्रै अलैंची निर्यात भएको थियो ।

चालू आवको फागुनसम्ममा २ अर्ब ४७ करोड २२ लाख मूल्य बराबरको ९ हजार ३१६ मेट्रिक टन अन्य (कालो चिया) निर्यात भएको छ । ८२ करोड ८४ लाखको ९ हजार ९३७ मेट्रिक टन अदुवा र २० करोड ५१ लाख मूल्य बराबरको ९४ मेट्रिक टन ग्रिन टी निर्यात भएको छ । विभागका अनुसार ४ करोड ९२ लाख बराबरको २४ मेट्रिक टन कफी निर्यात भएको छ ।
.

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस