ठमेलबाट अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

अनलाइनसमय |
११ चैत २०८२
ठमेलबाट अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

काठमडाौं, ११ चैत । काठमाडौंको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना विदेशी महिला पक्राउ परेका छन् । ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु युगान्डाका रहेको प्रहरीले बताएको छ । उनीहरु पर्यटक भिसामा बस्दै आइरहेका थिए । पक्राउ परेका महिलाहरुको उमेर २४ वर्षदेखि ४७ वर्षसम्मको रहेका छन् ।

बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लिल क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस