अमेरिकी विशेष दूत सर्जिओ गोरले दिए रास्वपालाई बधाई

अनलाइनसमय |
११ चैत २०८२
अमेरिकी विशेष दूत सर्जिओ गोरले दिए रास्वपालाई बधाई

काठमाडौं, ११ चैत । अमेरिकी सरकारका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई निर्वाचनमा प्राप्त जितका लागि बधाई दिएका छन् ।

गोरले मंगलबार फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको अमेरिकाको नेपालस्थित दूतावासले जानकारी दिएको छ ।

यस्तै, उनले अमेरिका र नेपालबीचको आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने तथा दुई देशबीचको मित्रतालाई थप गहिरो बनाउने विषयमा पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

दूतावासले भनेको छ, ‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस