एमबीए पढ्न भारत पुगे सांसद यादव

अनलाइनसमय |
१० चैत २०८२
एमबीए पढ्न भारत पुगे सांसद यादव

काठमाडौं, १० चैत । जेनजी आन्दोलनका अगुवा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद पुरुषोत्तम यादव अध्ययनका लागि भारत पुगेका छन् । उनी उत्तर प्रदेशको नोएडास्थित शारदा युनिभर्सिटीमा एमबीए अध्ययनका लागि नाम दर्ता गर्न त्यहाँ गएका हुन् ।

यसअघि उनले सोही विश्वविद्यालयबाट ब्याचलर तह पूरा गरेका थिए । सांसद यादवले आफू अध्ययनकै उद्देश्यले अल्पकालीन रूपमा भारत गएको बताए ।

उनका अनुसार सांसदको रूपमा शपथ लिएपछि आवतजावतमा प्रोटोकल सम्बन्धी झन्झट हुन सक्ने भएकाले समयमै भर्ना प्रक्रिया पूरा गर्न उनी हतारमा भारत पुगेका हुन् । ‘ एमबीएमा नाम दर्ता गराएर फर्किने छु, क्लास अनलाइन नै हुन्छ,’ उनले भने ।

यादवले भारतमा आफ्नो बसाइ शैक्षिक प्रयोजनका लागि मात्र रहेको जनाउँदै कुनै राजनीतिक भेटघाट नहुने स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस