काठमाडौं, १० चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेर दुई हजार ९६० दशमलव ४ बिन्दुमा कायम भएको हो ।
आज ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १३६ धितोपत्रको शेयर मूल्य बढ्दा ११७ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४२ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार व्यावार ९ दशमलव १२, विकास बैंक १ दशमलव ३८, हाइड्रोपावर १ दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८६, बैंकिङ शून्य दशमलव ६७, फाइनान्स शून्य दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव २५ र लगानी समूहको उपसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।
यस्तै माइक्रोफाइनान्स शून्य दशमलव ४६, निर्जीवन बीमा शून्य दशमलव ३८, जीवन बीमा शून्य दशमलव ३७, होटेल तथा पर्यटन शून्य दशमलव १७ र अन्य समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।
आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्पा विकास बैंक, सोलु हाइड्रोपावर र रिलाइन्स स्पीनिङ मिल्स रहेका छन् । यस्तै हिमालयन पावर पार्टनर ९ दशमलव ९८ र भुजुङ्ग हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
यसदिन फस्ट माइक्रो फाइनान्स लघुवित्त ६ दशमलव ५६, मनकामना इन्जिनियरिङ हाइड्रोपावर ५ दशमलव ११, मेरो माइक्रोफाइनान्स ४ दशमलव ५३ र नारायणी डेभलपमेन्ट विकास बैंकको शेयर मूल्य ३ दशमलव ८१ प्रतिशतले ह्रास आएको छ ।