गगनले भने-  हतास भएर राजीनामा दिएको थिइनँ

अनलाइनसमय |
१० चैत २०८२
गगनले भने-  हतास भएर राजीनामा दिएको थिइनँ

काठमाडौं, १० चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले कुनै हतारो र हतास भएर राजीनामा नदिएको बताएका छन् ।

मंगलबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै आफूले विधान अनुसार नै उपसभापतिलाई राजीनामा दिएको जिकिर गरे ।

‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो । सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने र उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने । यसमाथि छलफल पनि भइसकेको छ ।’ निर्वाचनलगत्तै राजीनामा दिन चाहे पनि निर्वाचनका प्रक्रिया बाँकी रहेकोले आफूले ढिलोगरी राजीनामा दिएको उनले बताए ।

यस्तै उनले विशेष महाधिवेशन नगरी चुनावमा गएको भए कसरी सामना गर्नुपथ्र्यो भन्ने कसैले कल्पना नै नगरेको बताए । उनले भने, ‘हामी चुनावमा प्रतिस्पर्धा गर्ने सबैले परिस्थितिबारे मूल्याङ्कन गरेका छौँ । जो कांग्रेसका उम्मेदवारका निम्ति मत माग्न आउनुभएन वा मत हाल्न जानुभएन उहाँहरूले यसको बारेमा अनुमान लगाउन सक्नुभएन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस