काठमाडौं, १० चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक आह्वान गरिएको कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरू सहभागी हुनेछन् । साथै, सभापति गगन थापा पनि बैठकमा उपस्थित रहने जनाइएको छ ।
यसअघि सभापति थापाले पेश गरेको राजीनामा केन्द्रीय समितिको शुक्रबार र आइतबार बसेको बैठकले अस्वीकार गरिसकेको छ ।
आजको बैठकमा समय अभावका कारण वैशाखमा गर्ने भनिएको नियमित महाधिवेशन असोजमा सार्ने विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ ।