काठमाडौं, ९ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ०१ अंकले बढेर दुई हजार ९३६ दशमलव ५६ बिन्दुमा कायम भएको हो ।
आज ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १०२ धितोपत्रको शेयर मूल्य बढ्दा १५४ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४२ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार उत्पादन तथा प्रशोधन १ दशमलव ५३, हाइड्रोपावर शून्य दशमलव ९६, म्युचुअल फण्ड शून्य दशमलव ८८, लगानी शून्य दशमलव ७२, माइक्रोफाइनान्स शून्य दशमलव ४३, फाइनान्स शून्य दशमलव २ र अन्य समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।
यस्तै होटेल तथा पर्यटन शून्य दशमलव ८६, जीवन बीमा शून्य दशमलव ४७, बैंकिङ शून्य दशमलव २७, विकास बैंक शून्य दशमलव ५ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।
आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, रिलाइन्स स्पीनिङ मिल्स र भुजुङ्ग हाइड्रोपावर रहेका छन् । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।
यसदिन सनराइज फस्ट म्युचुअल फण्ड ३ दशमलव ७१, कुमारी धनवृद्धि योजना ३ दशमलव ५६, सुन्धु विकास बैंक ३ दशमलव २३, सिटिजन्स सम्मुनत योजना २ दशमलव ८६ र स्वस्तिक लघुवित्तको शेयर मूल्य २ दशमलव ७५ प्रतिशतले ह्रास आएको छ ।