काठमाडौं, ९ चैत । अर्थशास्त्री केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघात भएपश्चात अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान ९ : ५५ बजे निधन भएको हो ।
गत गंगलबार स्वास्थ्यमा समस्या आएपछि आचार्यलाई चाबहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो ।
उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस गर्दै आएका थिए । आचार्यले दुई पटक अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकामा काम गरेका थिए । साथै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा समेत उनले काम गरेका थिए ।