आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
९ चैत २०८२
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ९ चैत । केही दिनयता निरन्तर सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ हजार ५०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोलामा १२ हजार ५०० रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस