काठमाडौं, ८ चैत । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार प्रक्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र २ ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, क्यानका ३ जना पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र छिट्टै मुद्दा दायर हुने भनि विवरण पेस गरेको थियो । अख्तियारले ४६ करोड, १५ लाख, ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ ।
पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा भएको इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन (EPC) मोडलको सम्झौतामा परामर्शदाताका लागि २८ लाख अमेरिकी डलर (Provisional Sum) पहिल्यै सुरक्षित गरिएको अख्तियारले जनाएको छ ।
तर उक्त रकम प्रयोग नगरी प्राधिकरणकै छुट्टै बजेटबाट करिब ५० करोड ३४ लाख ४० हजार रुपैयाँको लागत अनुमान स्वीकृत गरी परामर्श सेवा खरिद प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । यसरी ठेक्का सम्झौताभित्रै रहेको रकम खर्च नगरी दोहोरो बजेट भार पारेर सार्वजनिक संस्थालाई ठुलो आर्थिक नोक्सानी पु¥याइएको दाबी गरिएको छ ।
प्रतिवादीहरूको नाम सूचीः
– केदार बहादुर अधिकारी
– संजिव गौतम
– राजन पोखरेल
– महेन्द्र सिंह रावल
– स्व। ध्रुवदास भोछिभोया
– प्रदीप अधिकारी
– बाबुराम पौडेल
– चाँदमाला श्रेष्ठ
– प्रवीण न्यौपाने
– विनेश मुनकर्मी
– राजाराम चौधरी
– हिमज्योती थापा
– नरेन्द्रराज सैंजु
– प्रमोद नेपाल
– सविन फुयाल