काठमाडौं, ८ चैत । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अंकले बढेर दुई हजार ९३१ दशमलव ५५ बिन्दुमा कायम भएको हो ।
आज ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो ।
आइतबार ब्यापार (शून्य दशमलव ११ प्रतिशत)बाहेक सबै समूहको उपसूचक बढेको छ । यसदिन माइक्रोफाइनान्स सर्वाधिक ४ दशमलव २१ प्रतिशतले बढेको छ ।
यस्तै होटेल तथा पर्यटन ३ दशमलव ०५, निर्जीवन बीमा २ दशमलव ७२, बैंकिङ २ दशमलव ४९, विकास बैंक २ दशमलव ४६, फाइनान्स २ दशमलव १३, जीवन बीमा २, उत्पादन तथा प्रशोधन १ दशमलव ९३, अन्य १ दशमलव ७१, म्युचुअल फण्ड १ दशमलव २४, लगानी शून्य दशमलव ७७ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ३३ प्रतिशतले बढेको छ ।
आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्पा विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, रिलाइन्स स्पीनिङ मिल्स र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।
यसदिन एनआईसी एशिया ब्यालेन्स ५ दशमलव ७१, सुपर मादी हाइड्रोपावर ३ दशमलव १५, श्रीनगर एग्रिटेक इन्ड्रस्ट्री २ दशमलव ९६, पिपुल्स हाइड्रोपावर २ दशमलव ६४ र घलेम्दी हाइड्राको शेयर मूल्य २ दशमलव ६१ प्रतिशतले ह्रास आएको छ ।