काठमाडौं, ६ चैत । अर्थमन्त्री डा. रामेश्वर खनालले आजबाट आफ्नो ‘कुलिङ पिरियड’ सुरु भएको संकेत गरेका छन् ।
निर्वाचन आयोगले बिहीबार राष्ट्रपति कार्यालयलाई गत फागुन २१ गतेको चुनावी प्रतिवेदन बुझाएसँगै खनालले आफ्नो ‘कुलिङ पिरियड’ सुरु भएको भोषणा गरेका हुन् । खनालले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘कुलिङ पिरियड’ सुरु भएको बताएका छन् ।
खनालले लेखेका छन्, ‘आजदेखि मेरो कुलिङ पिरियड सुरु भएको छ । अब कृपया मेरो नाम जोडेर कुनै ट्रायल बेलुन (परीक्षणात्मक हल्ला) नफैलाउनुहोस् !’
कुलिङ पिरियडको आशय विदामा बस्नु वा सो सरह हो । उच्च तहका पदाधिकारीहरु आफ्नो पदावधि सकिनुभन्दा केही दिन अघिदेखि नै आफ्नो जिम्मेवारीबाट बाहिरिने प्रचलन छ । यस्तो अवधिलाई कुलिङ पिरियड भनिन्छ ।