काठमाडौं, ३ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर दुई हजार ८१२ दशमलव ३४ बिन्दुमा कायम भएको हो ।
आज ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १३२ धितोपत्रको शेयर मूल्य बढ्दा ११३ को घटेको छ । यस्तै १७ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४० धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार हाइड्रोपावर १ दशमलव ५९, बैंकिङ शून्य दशमलव ८४, विकास बैंक शून्य दशमलव ६४, लगानी शून्य दशमलव ६१, म्युचुअल फण्ड शून्य दशमलव ३६ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव २९ प्रतिशतले बढेको छ ।
यस्तै जीवन बीमा शून्य दशमलव ३१, माइक्रोफाइनान्स २६, व्यापार शून्य दशमलव २१, फाइनान्स शून्य दशमलव १९, होटेल तथा पर्यटन शून्य दशमलव १७, निर्जीवन बीमा शून्य दशमलव ०३ र अन्य समूहको उपसूचक शून्य दशमलव१ प्रतिशतले घटेको छ ।
आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक, होटेल फरेष्ट इन र रिलाइन्स स्पीनिङ मिल्स रहेका छन् । यस्तै शिव श्री हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव १ प्रतिशतले बढेको छ ।
यसदिन एनआइसी एशिया ग्रोथ फण्ड ४ दशमलव ७४, ग्लोबल आईएमई सम्मुनत योजना ३ दशमलव ६१, सनराइज फस्ट म्युचुअल फण्ड २ दशमलव ८९ र आरबीबी फोकस (४०)को शेयर मूल्य २ दशमलव ३३ प्रतिशतले ह्रास आएको छ ।