आइपीओ निष्काशन गर्दै कस्तुरी फर्मास्युटिकल्स, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल नियुक्त

अनलाइनसमय |
१ चैत २०८२
आइपीओ निष्काशन गर्दै कस्तुरी फर्मास्युटिकल्स, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल नियुक्त

काठमाडौं, १ चैत । कस्तुरी फर्मास्युटिकल्स कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १६ करोड रुपैयाँको १६ लाख कित्ता आइपीओ निष्काशन गर्ने जनाएको छ । यसका लागि कम्पनीले रिलायवल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । संस्थापकहरूबाट थप १४ करोड रुपैयाँ जारी भइरहेको र १६ करोडको आईपीओपछि कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

क्रेडिट रेटिङ्गमा कम्पनीलाई इन्फोमेरिक्स नेपालले बीबी माइनस रेटिङ्ग दिएको छ । उक्त रेटिङ्ग ले कम्पनीको वित्तिय अवस्था सुदृढ रहेको र जोखिम न्युन रहेको देखाउँछ ।

भरतपुर चितवनमा प्रथम औषधि उद्योगको रुपमा स्थापना भएको कस्तुरी फर्मास्युटिकल्स लि.ले विगत १३ वर्ष देखि औषधि उत्पादन गरि रहेको छ । करिब १ विघा १० कटठा क्षेत्रफलमा फैलिएको उद्योगले औषधि उत्पादन गरि देश भरि कै बिक्री डिपोहरुमा आफ्नो औषधि पठाइरहेको छ । डब्लु एचओ जीएमपी र आईएसओ ९००१ प्राप्त गरेको कम्पनीले हाल १८२ भन्दा बढि औषधिहरूको उत्पादन अनुमति लिएको छ भने १२५ भन्दा बढि औषधिहरू बजारमा बिक्री गरिरहेको छ ।

कम्पनीले विगतमा लिएको कर्जालाई भुक्तानी गरि अत्यन्त न्युन कर्जा प्रयोग गरेको छ । हाल जम्मा रु.२४ करोड कर्जा रहेको छ । विगतमा कम्पनीले मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गरेको र आगामि दिनमा समेत लाभाँश वितरण गर्ने लक्ष्य लिएको छ । कम्पनीको हालको प्रतिशेयर नेटवर्थ (पौषमसान्त, २०८२) मा रु. १२९.९३ रहेको र सेवोनको लागि आवश्यक वास्तविक नेटवर्थ रु. ९२.०५ रहेको छ । यस वर्षको अन्यमा उक्त वास्तविक नेटवर्थ रु.११२.८१ पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस