चुनावपछि धितोपत्र बजारमा आउँदै हुनुहुन्छ ? कति लगानी, कहाँबाट, कसरी शुरू गर्ने ? (अन्तरवार्ता)
अनलाइनसमय |
२९ फागुन २०८२
काठमाडौं, २९ फागुन । नेपालमा गत साता आम निर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि धेरैको चासो अब बन्ने सरकारकै हो । नयाँ सरकार र विशेषगरी नयाँ अर्थमन्त्री आउने भएपछि वित्तीय क्षेत्र, खासगरी पूँजी बजारसँग सम्बन्धित सरोकारवालाले ठूलो आशा गरेका छन् । किनकि पछिल्ला केही वर्षमा नेपालको पूँजी बजार नीतिगत अनिश्चितता, नियामक निकायबीच समन्वयको कमी, सीमित वित्तीय उपकरण र संस्थागत लगानीकर्ताको न्यून उपस्थिति जस्ता कारणले चुनौतीपूर्ण अवस्थामा पुगेको विश्लेषण गरिँदै आएको छ ।
यो अवस्थामा चुनावपछि खुलेको पूँजी बजारले लगानीकर्तामा उत्साह थपेको देखिन्छ । यसको प्रभाव कतिसम्म पर्ला, त्यो भने हेर्न बाँकी नै छ । किनकि नेपालको पूँजीबजारका सुधारका धेरै काम बाँकी नै छन् । यस सम्बन्धमा अहिलेसम्म भएका विभिन्न अध्ययनले पूँजी बजार सुधारका लागि संरचनात्मक, कानूनी र संस्थागत परिवर्तन आवश्यक रहेको औंल्याएका छन् । त्यो सुधारको जिम्मेवारी अब आउने सरकार र नियामक निकायहरूको हो । सोहीअनुसार पूँजी बजार लगानीकर्ताले पनि नयाँ सरकारबाट पूँजी बजारमैत्री नीति, संरचनात्मक सुधार, विदेशी असल अभ्यास, संस्थागत लगानीकर्ताको उपस्थिति लगायत मार्फत बजारमा विश्वासको वातावरण पुनःस्थापित हुने अपेक्षा गरेका छन् । यही सन्दर्भमा नेपालको पूँजी बजारको वर्तमान अवस्था, चुनौती र आगामी सुधारका सम्भावनाबारे लगानीकर्ताको दृष्टिकोण बुझ्न आजको वित्तीय संवादमा हुनुहुन्छ ।
यस विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा विज्ञ लगानीकर्ता/नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारसँगगरिएको कुराकानी यस्तो छ :