आज पनि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

अनलाइनसमय |
२९ फागुन २०८२
आज पनि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं, २९ फागुन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख १७ हजाररुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४९५ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस