२३.८७ अङ्कले बढ्यो नेप्से, साढे १४ अर्बको कारोबार

अनलाइनसमय |
२८ फागुन २०८२
२३.८७ अङ्कले बढ्यो नेप्से, साढे १४ अर्बको कारोबार

काठमाडौं, २८ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अंकले बढेर दुई हजार ८२० दशमलव ४४ बिन्दुमा कायम भएको हो ।

आज ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार १३ अर्ब १८ करोड २ लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार १३ समूहको उपसूचकमध्ये ३ वटाको घट्दा १० उपसूचक बढेको छ ।

आज बैंकिङ २ दशमलव ०२, विकास बैंक १ दशमलव २८, लगानी १ दशमलव १४, फाइनान्स १ दशमलव ३, हाइड्रोपावर १ दशमलव १, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, म्युचुअल फण्ड शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव ३६, माइक्रोफाइनान्स शून्य दशमलव २७ र व्यापार समूहको उपसूचक शून्य दशमलव १४ प्रतिशतले बढेको छ ।

यस्तै अन्य शून्य दशमलव शून्य दशमलव ७४, होटेल तथा पर्यटन शून्य दशमलव ३५ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्पा विकास बैंक र रिलाइन्स स्पीनिङ मिल्स रहेका छन् । यस्तै नेशनल हाइड्रोपावर ९ दशमलव ९७, होटल फरेष्ट इन ९ दशमलव ९३ र दरमखोला हाइड्रो इनर्जीको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशतले बढेको छ ।

यसैगरी कुमारी सवल योजना ३ दशमलव ७२, एनआईबीएल ग्रोथ फण्ड ३ दशमलव ५४, त्रिशुली जलविद्युत् ३ दशमलव १४, अँखु खोला जलविद्युत् ३ दशमलव ०३ र कालिका पावरको शेयर मूल्य २ दशमलव ४७ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस