निर्वाचन परिणामबारे ओेली : जनताको फैसला शिरोधार्य

अनलाइनसमय |
२८ फागुन २०८२
निर्वाचन परिणामबारे ओेली : जनताको फैसला शिरोधार्य

काठमाडौं, २८ फागुन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई आफूले सम्मानपूर्वक स्वीकार गरेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै अपेक्षा गरेअनुसार परिणाम प्राप्त नभए पनि लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने र जनताको निर्णय शिरोधार्य गर्ने बताएका हुन् ।

लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ,’ उनले सन्देशमा लेखेका छन, ‘त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।’

उनले अगाडि भनेका छन्, ‘ यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।’

यस्तै, उनले निर्वाचन परिणाम एमालेको पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नहुने स्पष्ट पारेका छन् । उनले भनेका छन, ‘ हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस